"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जंगली हात्तीले आतंक मचाउन थाले पछि कञ्चनपुरका आरक्ष विस्थापीत परिवारलाई ज्यान जोगाउन मुस्किल

No data was found

Khabar Raftar

माघ ९ कञ्चनपुर
जंगली हात्तीले आतंक मचाउन थाले पछि कञ्चनपुरका आरक्ष विस्थापीत परिवारलाई ज्यान जोगाउन मुस्किल भएको छ । शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापीत भएका विस्थापीतहरु बस्दै आएको शिविरमा जंगली हात्तीले आतंक मच्चाउन थाले पछि विस्थापीत परिवारलाई ज्यान जोगाउन मुस्किल भएको हो ।
गत महिना ढक्का शिविरमा हात्तीको आक्रमणबाट ४५ वर्षीय खगिराज रानाको मृत्यु भए पछि स्थानिय झनै त्रसित बन्दै गएका छन ।
गत माघ १ गते कृष्णपुर नगरपालिकाको किचाईका २२ वर्षीय वीरू राना ससुरालीमा पाहुना आएको समयमा हात्तीको आक्रमणबाट घाइते भएर अहिले पनि उनको उपचार भइरहेको अबश्थामा जंगली हात्तीको बथानले बस्तिमा पसेर आतंक मचाउन थाले पछि उनिहरु चिन्तीत हुन थालेका छन । जंगली हात्तीको बथानले शिविरमा आतंक मचाउदै आए पछि डरले अनिँदोमै रात काट्नु पर्ने बाध्यता रहेको आरक्ष विस्थापीत नरपता साउदले जानकारी गराइन । जंगली हात्ती खानाको खोजीमा दैनिक शिविरमा आउने गरेको बताउदै उनले हात्ती शिविरमा छिरेको बारे जानकारी गराउन लागि पालैपालो पहरा दिने गरेको बताइन । कठयाङ्ग्रिँदो चिसोको समयमा पनि राति जाग्राम बस्दा धेरै जना बिरामी भइरकेको बताउदै उनले चिसोमा आगो ताप्न दाउरा चाहिने भए पनि निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले ल्याउन नदिएको बताइन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज शुरक्षार्थ खटीएको नेपाली सेना र निकुञ्जका कर्मचारीले यस्तो चिसोका समयमा पनि दाउरा ल्याउन नदिएको नरपताले बताईन ।
चिसोमै रात काटदै आएको बताउदै उनले निकुञ्जमा भारतीय दुधुवा नेशनल पार्कबाट आउने हात्तीको बथान दिन प्रदिन बढ्दै गएको बताइन । शिविरमा आउने हात्तीको बथानले मानवीय क्षेती पु¥याउदै आएको बताउदै उनले भौतिक सम्रचना भत्काउनु का साथै खाद्य वस्तु खाएर बाली समेत नष्ट गर्ने गरेका कारण समस्या हुने गरेको उनले जानकारी गराईन । गत महिना हात्तीले झोपडी भत्काउँदा एक दर्जन परिवार प्लाष्टिमुनि रात काट्न विवश भएको आरक्ष पीडित जिल्ला संघर्ष समितिका सल्लाहकार संयोजक गोविन्द नेपालीले जानकारी गराए ।
निकुञ्जबाट आउने हात्तीले अन्नबाली सबै खाने गरेको बताउदै उनले अब ज्यान समेत लिन थाले पछि ज्यान जोगाउन समस्या भचएको बताए । हात्तीले झोपडी भत्काई त्यसभित्र राखेको खाद्यान्न सबै खाएर सखाप पार्नुका साथै लगाउने , ओढ्ने विच्छ्याउने कपडा, भाँडाकुडा कामै नलाग्ने गरी नष्ट गर्ने गरेको नेपालीले जानकारी गराए ।
उनले कुनै पनि निकायबाट अहिले सम्म राहत पनि नपाएको बताउदै शिविर नजिकको स्थानीय तहमा राहत माग्न जाँदा आफ्नो क्षेत्र भित्र नभर्ईे निकुञ्ज भित्र पर्ने बताउदै टार्ने गरेको बताए । सरकारले आफूहरूलाई शरणार्थीलाई जस्तै व्यवहार गरेको बताउदै संघर्ष समितिका सल्लाहकार संयोजक नेपालीले जनगणनाका बेला पनि गणना गर्ने टोली शिविरमै नआएको बताए । शुक्लाफाँटा आरक्षबाट विस्थापीत भएको दुई दशक बितेको बताउदै उनले जंगली जनावरको आक्रमणको पीडा सहनुका साथै राज्यबाट उपेक्षित भएर बस्नु परेको बताए । उनले मानव अधिकार र मौलिक हकबाट बञ्चित गरिएको बताउदै जंगली जनावरबाट ज्यान जाँदा समेत सुरक्षाको उचित बन्दोबस्त नगरिएको जानकारी गराए । ज्यान जोखिममा राखेर निकुञ्जमा बस्ने रहर नभई बाध्यता भएको बताउदै नेपालीले आरक्ष विस्तार गर्ने क्रममा २०५८ सालमा विभिन्न ठाउँबाट विस्थापीत भएका विस्थापीत परिवारहरु ११ वटा शिविरमा बस्दै आएको बताए । उनले तीन वटा शिविर निकुञ्ज क्षेत्रमा पर्ने जानकारी गराउदै ढक्कामा ६ सय ४, तारापुरमा १ सय ५५ र बेलडाँडीको लल्लरे डाँडामा १३ परिवार गरी ७ सय ७२ परिवार निकुञ्ज क्षेत्रमा बस्दै आएको बताए ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित