"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

छाङ्रु तिंकर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न गरिदै

No data was found

Khabar Raftar

माघ ९ दार्चुला,
व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणको काम बर्ष सम्पन्न गरिने भएको छ ।
महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले तत्कालका लागि स्थानीयवासीको पहुँच पु¥याउन सुरु गरिएको घोरेटो बाटो निर्माण कार्य यसै बर्ष सम्पन्न हुने भएको हो ।
स्थानीय पूर्वाधार विभागका प्रवक्ता शङ्करप्रसाद पण्डितले गत आर्थिक बर्षमा ठेक्का भएको घोरेटो बाटोे निर्माण कार्य चालू आर्थिक बर्षमा सुरु भएको बताउदै यसै बर्ष काम सम्पन्न गरिने बताए ।
यसै बर्ष काम सकाउने गरी काम भई रहेको बताउदै उनले अन्यत्र काम भइरहे पनि केही खण्डमा कठीन चट्टानका कारण समस्या भएको बताए । झण्डै एक किलोमीटर खण्डमा कडा चट्टान नै चट्टान रहेको बताउदै उनले ‘त्यो खण्डबाहेक अरुतिर निर्माण सकिने बताए । निर्माण सम्पन्न हुँदा व्यास गाउँपालिकाको छाङ्गरु, तिङ्कर, दुम्लिङ, कल्जु, माल लगायतका स्थानका बासिन्दालाई सुविधा पुग्ने उनले बताए । स्थानीयवासीलाई जिल्ला सदरमुकाम सम्म पुग्न भारतीय भूमि पुग्नु पर्ने बाध्यता हट्ने उनले बताए ।
खासगरी सङ्घीय सरकारले राष्ट्रिय महत्वका सडक निर्माण गर्ने भए पनि सडक र घोरेटो बाटो दुवै नहुँदा स्थानीयवासीको जनजीवन कठीन भएकाले यसको निर्माण सङ्घीय बजेटबाट नै भइरहेको बताइृएको छ । अहिले घोरेटो बाटो निर्माण भइरहेको ठाउँ महाकाली किनारको भिरमा रहेको प्रवक्ता पण्डितले बताए । यसको लम्बाइ झण्डै २६ किमी रहने बताइएको छ । छब्बिस किमी मध्ये पनि कतिपय खण्डमा विगत देखि नै राम्रो अवस्थामा काम भइरहेकाले अहिले थप काम गर्न नपर्ने प्रवक्ता पण्डितले बताए । त्यसका बीच बीचमा गर्नुपर्ने काम भइरहेको बताउदै उनले महाकाली राजमार्ग निर्माण पनि घोरेटो बाटोको नजिकै रेखाङ्कन हुनसक्ने बताए । कठिन भूगोलका कारण विस्तार हुन नसकेको ठाउँ बाहेक अन्य भागमा चौडाइ कायम हुने विभागले जनाएको छ । घोरेटो बाटो नियमित सञ्चालनका लागि दुई पुल पनि निर्माण हुने बताउदै उनले ठाउँठाउँमा पर्खाल हुने र कटिङ गरेर बाटो विस्तार गरिने बताए । नेपाल–भारत सीमा हुँदै चीनको सीमामा पर्ने लिपुलेक सम्म पुग्ने घोरेटोे बाटो चार करोड को लागतमा निर्माण भईरहेको उनले बताए । बाटो निर्माण भई सके पछि दार्चुलाका दुर्गम क्षेत्रका नागरिकहरु लाभन्वित हुने भएका छन । रासस

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान