कञ्चनपुर,
महाकाली प्रादेशिक अस्पतालले सामान्य अवस्थाका बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ ।
कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा नआउन अस्पतालले आग्रह गरेको हो ।
सो अस्पतालमा अहिले सम्म १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
कोरोना संक्रमणले स्वास्थ्यकर्मीसँगै सर्वसाधारण समेत प्रभावित भएकाले यस्तो अवस्थामा अस्पताल नआउन आह्वान गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताए ।
Post Views: 316