"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बृहत स्वास्थ्थ शिविर सम्पन्न, गाउमै उपचार पाउदा स्थानीय हर्षित

Khabar Raftar

प्रदिप मलासी, माघ ५ बझाङ ,
गाउँघरमा चिकित्सक कार्यक्रम सम्बन्धि बृहत स्वास्थ्थ शिविर सम्पन्न भएको छ ।
बझाङ्गको शुर्मा गाउपालिका वाड नम्वर २ को आँधावगर माध्यामिक बिद्यालय दोगडी शुर्मामा एक दिवशिय गाउघर चिकित्सक कार्यक्रम सम्बन्धि बृहत स्वास्थ्थ शिविर सम्पन्न भएको हो ।
जिल्ला अस्पताल बझाङ्गको आयोजना र शुर्मा गाउपालिका गाउकार्य पालिका कार्यालय दौलिचौरको सह आयोजनामा संचालित शिविरमा वडा नम्वर २ का १ सय ९५ जना महिला पुरुषले स्वास्थ्थ चेक जाँच गराई सेवा लिन पाउदा निकै हर्षित भएका छन ।
धेरै लामो समय देखि बिभिन्न रोग वाट ग्रसित दोगडीका स्थानीयले कोभिड परिक्षण,भिडियो एक्सरे,परिवार नियोजन,ल्याव चेक जाँच,ई सि जी,दन्त सेवा लगाएतका सेवा शिविरमा प्राप्त गरेकाछन । पोषिलो खाने कुराको अभावका कारण सेतो पानी बग्ने तल्लो पेट दुख्ने ग्याष्ट्रिक लगाएतका रोगले आफनो स्वास्थ्थको चेक जाँच र उपचार नपाएका महिलाहरुले गाउघरमा चिकित्सक कार्यक्रम अन्तरगतको बृहत स्वास्थ्थ शिविरमा आएर स्वास्थ्थ सेवा लिन पाउदा महिलाहरु निकै खुशी भएका छन । शुर्मा गाउपालिकाले गाउपालिका बासीको स्वास्थ्थ अवस्था लाई मध्येनजर गर्दै संचालन गरेको बृहत स्वास्थ्थ शिविरमा १ सय ९५ जना स्वास्थ्थ सेवाग्राहीहरुमा पाठेघर सम्बन्धि १५ जना, कोभिड परिक्षणमा १४ जना,भिडियो एक्सरेमा ४५जना,परिवार नियोजन सेवा इम्प्लान्टमा ३ जना,ल्याव चेकजाँचमा १५ जना,दन्त सेवामा १६ जना कोभिड १९ बिरुद्घको खोप लिने २३ जना र इ सिजी सेवा ५ जनाले ,गरि जम्मा १ सय ९५ जनाले सेवा लिएका हुन ।
शुर्मा गाउपालिका बझाङ्गका अध्यक्ष नर बहादुर बोहराले शुर्मा गाउपालिका जिल्लाकै एक बिकट पालिका भएका कारण यस पालिकाका स्थानीय बासीले स्वास्थ्थ सेवावाट टाढा रहेकै कारण गाउँपालिकाले स्वास्थ्थ शिविर वाटै भए पनि जनताको जिवन रक्षा र स्वास्थ्थ स्वस्थ राख्ने सोचले स्वास्थ्थ शिविरको आयोजना गरेको बताए । जिल्ला अस्पताल बझाङ्गमा उपचार गराउन जाँदा धेरै टाढा भएकाले वडा बासीको पहुचवाट उच्चस्तरको स्वास्थ्थ सेवा टाढा भएकै कारण सबै जना वडा बासीको सहज रुपमा स्वास्थ्थ चेक जाँच गर्न र घर आँगनमै सहज उपचार होस भन्ने हेतुले स्वास्थ्थ शिविर संचालन गरिएको वडा अध्यक्ष खडक बोहराले बताए । उहाले भन्नु भयो यो युगमा आएर पनि उपचार नपाएर जनताले ज्यान गुमाउनु पर्ने अवस्थाले स्थानीय सरकार निकै दुखित भएको कारण जिल्ला अस्पतालको टोली गाउमा पुर्याएर स्वास्थ्थ सेवा दिने सोच बनाएको जानकारी गराए । वाड नम्वर २ का वडा अध्यक्ष खडक बोहराको सभापतित्वमा औपचारिक रुपमा संचालित कार्यक्रमको प्रमुख अथिति गाउपालिका अध्यक्ष नर बहादुर बोहरा अथितिमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्र प्रसाद जोशी, स्वास्थ्थ शिविरका संयोजक गंगा जोशी र स्थानीय लगाएत २ सय ६७ जनाको उपस्थिति रहेको थियो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना