"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सीमाबाटै भाग्न थाले, कोरोना पोजेटिभ देखिएकाहरु

No data was found

Khabar Raftar

माघ ४ कैलाली , कोरोना पोजेटिभ देखिएकाहरु सीमा नाकाबाटै भाग्न थालेका छन् । त्रिनगर भन्सार नाकामा एण्टीजेन परिक्षण गर्दा पोजेटिभ देखिएकाहरु नाकाबाटै भाग्न थालेका हुन् । एण्टीजेन पोजेटिभ देखिएका १५ देखि २० जना दैनिक भाग्न थालेको स्वास्थ्य परिक्षणमा संलग्न स्वास्थ्यकर्मीले जानकारी गराएका छन् ।
भारतबाट फर्केनेको संख्या बढेसँगै कोरोना संक्रमण पुष्टि हुने संख्या पनि तीव्र रुपमा बढी रहेको
छ । भीड बढेका बेला संक्रमण देखिएकाहरु भाग्न थालेको त्रिनगनर नाकाको हेल्थ डेस्कका इन्चार्ज अहेब गणेश साउँदले जानकारी गराए । भीडमा को कतिबेला भागेर जान्छ थाहै नहुने बताउदै उनले भाग्नेहरु सार्वजनिक यातायातमै घर जाने गरेकाले संक्रमण झनै फैलिने खतरा बढेको जानकारी गराए । कतिपय रिपोर्ट आउनु अघिनै र कतिपय रिपोर्ट लिएर भाग्ने गरेको उनले जानकारी गराए ।
एण्टीजेन जाँच गर्ने स्थान नजिकै पोजेटिभ देखिएकालाई तत्काल राख्न त्रिपालको टेण्टभित्र बस्ने व्यवस्था गरिएको बताउदै उनले भारतबाट फर्कनेको भीड बढेका बेला टेण्टको छेउसम्मै परिक्षण गर्नेहरुको लाइन लाग्ने गरेकाले संक्रमितहरु भाग्ने क्रम बढेको उनले जानकारी गराए ।
भारतबाट फर्कनेको घुँइचोले नाकामा व्यवस्थापन अस्तव्यस्त रहेको जानकारी गराउदै उनले भीडमा परिक्षण नगरेर जानेको संख्या पनि उत्तीकै बढि रहेको बताएका छन । सिमा नाकामा सुरक्षाकर्मीको संख्या कम हुँदा भीड व्यवस्थापन गर्न नसकेको बताउदै उनले संक्रमितलाई रोकेर राख्न हम्मेहम्मे भइरहेको जानकारी गराउनु भयो । डेस्कमा भीड व्यवस्थापनमा दुई जनामात्रै सुरक्षाकर्मी खटिने गरेकाले व्यवस्थापनमा समस्या भइरहेको अहेब साउँदले जानकारी गराउनु भयो । दुई जनाले भारतबाट आउनेको लाइन व्यवस्थापन गर्ने कि पोजेटिभ देखिएकालाई रोकेर राख्ने उनले प्रश्न गरे । लाइन व्यवस्थापनमा रेडक्रसका स्वयम् सेवक पनि खटिएका छन् तर धेरैले प्रहरीबाहेक अरुलाई नर्टैने गरेको उनले बताए । कैलाली, कञ्चनपुर घर भएका संक्रमितलाई सम्बन्धित वडाको सिफारिसमा घर पठाउने गरिएको बताउदै उनले त्यसरी जान चाहनेलाई निजि गाडीमा मात्र जान दिने गरिएको जानकारी गराए ।
उनीहरु कसरी गए र घरमा आइसोलेसनमा बसे÷बसेनन् त्यसको जानकारी लिने काम कुनै निकायले नगरेको पाईएको छ । नाकामा भइरहेको लापरबाहीले समुदायमा पनि संक्रमण फैलने जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान