"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ठेकेदारको लापरबाहीले विद्युत विस्तारमा समस्या

No data was found

Khabar Raftar

माघ ४ डोटी
डोटीको बडीकेदार गाउँपालिकामा ठेकेदारको लापरबाहीले विद्युत विस्तारमा समस्या भएको छ । ठेकेदारको लापरबाहीका कारण वडा नम्बर १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिले सम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न नसकेपछि समस्या भएको हो ।
बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बिजुली नहुँदा कार्यालयको कामकाज प्रभावित भएको जानकारी गराउनु भयो ।
उनले बिजुली बत्ती अभावमा सरकारी कामकाज देखि अन्य कार्यहरु प्रभावित भएको बताउदै पालिकामा राष्ट्रिय प्रशारण लाईन विस्तार गर्नका लागि दुई वर्ष अघि बोलपत्र आह्वान गरेको भए पनि अहिले सम्म विद्युत् विस्तारको काम नहुँदा समस्या भएको जानकारी गराए । बिपीनगर बजारबाट गाउँपालिका सम्म विद्युत् विस्तारका लागि प्रधिकरणको दिपायल वितरण केन्द्रले बोलपत्र आह्वान गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कापडी गाडबाट निकालिएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको हो । पालिकामा विद्युत् विस्तारका लागि भगवती कन्सट्रक्सन दिपायलले पोल र तार तान्ने ठेक्का लिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
विद्युत् विस्तारको जिम्मा पाएको कम्पनीले भने समयमै विद्युत् प्राधिकरणबाट सामान नपाउँदा काममा ढिलाइ भएको जनाएको छ ।
कम्पनीले केही ठाउँमा पोल गाढेको भए पनि हाल ति ढलेको अवस्थामा रहेको स्थानीय उपेन्द्र धामीले जानकारी गराए । उनले पोल ढलेको बताउदै कतिपय ठाउँमा तार चुँडिएको जानकारी गराए ।
विद्युत् प्राधिकरण, दिपायलका प्रमुख राजेन्द्रलाल देवले तारको समस्याका कारण विद्युत् विस्तारको काम हुन नसकेको जानकारी गराउदै तार उपलब्ध हुने बित्तिक्कै काम अघि बढ्ने जानकारी गराएका छन ।

No data was found

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त