"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

आगामी वर्षको क्यालेण्डर तयार, १५ गते देखि बजारमा आउने

Khabar Raftar

 

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

माघ ४ काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्षको क्यालेण्डर तयार पारेको छ । आगामी वर्ष २०७९ को लागि तयार पारिएको पात्रो माघ १५ गतेपछि बजारमा आइसक्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले अनलाइनखबरलाई जानकारी दिए ।

ढुंगेलका अनुसार आगामी वर्षको लागि समितिले १४ वटा पात्रो ९पञ्चाङ्ग०लाई स्वीकृति दिएको छ । तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रोलाई स्वीकृति दिने निर्णय गरिएको ढुङ्गेलले जानकारी दिए ।

२०७६ सालसम्म पुस अन्तिम साता नै पात्रो प्रकाशन भइसक्थ्यो । गत वर्षदेखि कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्ने काममा समस्या आएकाले प्रकाशन ढिला हुन थालेको हो ।

२०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो । गठन आदेशअनुसार समितिले स्वीकृति दिएका पात्रो मात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ ।

पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रुपान्तरण गरेर समेत पात्रोमा राखिने गरेको छ । पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ ।

गत वर्षदेखि नै समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भनेपनि ठोस काम हुन सकेको छैन । समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो । यस वर्ष भित्तेपात्रोलाई व्यवस्थित गर्न स्वीकृति लिन आउनु भनी समितिले सूचना प्रकाशन गरेको थियो । तर भित्तेपात्रो प्रकाशन गर्नेहरुले समितिसँग समन्वय गरेका छैनन् ।

सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । अन्य भित्तेपात्रो भने विभाग र समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकार सम्बन्धी कानून अनुसार कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल शुरु भएको समितिले जनाएको छ ।

भर्खरै

बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार
नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन
चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल
शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान
कञ्चनपुरबाट ८ किलो चरेस सहित २ जना पक्राउ
अवैध उत्खनन् रोकौ, चुरे बचाऔ
कैलालीका १२ घर विपन्न परिवारका लागि आवास निर्माण
ऐतिहासिक गर्भादरबारको संरक्षण गरौ
डोटीमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

aaaaaa

बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार

tr

नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन

jjj

चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल

suklafata

शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने

samman

अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान

charesh

कञ्चनपुरबाट ८ किलो चरेस सहित २ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

अवैध उत्खनन् रोकौ, चुरे बचाऔ

abas

कैलालीका १२ घर विपन्न परिवारका लागि आवास निर्माण