"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ठेकेदारको लाफरबाहीका कारण मार्तडी कोल्टी सडकको काम नहँुदा समस्या

No data was found

Khabar Raftar

बाजुरा, ठेकेदारको लाफरबाहीका कारण मार्तडी कोल्टी सडकको काम नहुदा यातायात सञ्चालनमा समास्या भएको छ । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ को चुथी देखी ढम्कने सम्मको कामको जिम्मा पाएको निर्माण कम्पनीका ठेकेदारको लाफबाहीका कारण सडक निर्माणको काम हुन नसक्दा यातायातमा समस्या भएको हो ।
मार्तडी देखी कोल्टी सम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का पाएको निर्माण कम्पनीले काम गर्न नसक्दा उक्त सडकमा गाडी तानेर यातायात सञ्चालन गर्नु पर्ने बाध्यता रहेको छ । मार्तडी देखी चुथि सम्म ९ किलोमिटर पहिलो खण्ड, चुथि देखी ढम्कने सम्म ५ किलोमिटर दोस्रो खण्ड र ढम्कने देखी कोल्टीचौर सम्म २६ किलोमिटर गरी तिन खण्डमा विभाजन गरेर पूर्वाधार विकास कार्यलय अछामले टेन्डर गरेर निर्माण कम्पनीलाई जिम्मा दिएको भए पनि अहिले सम्म सडकमा सामान्य काम पनि हुन नसक्दा यातायात सञ्चालनमा समस्या भएको हो । अन्य सडक खण्डमा काम शुरु भइरहेको भए पनि दोस्रो खण्ड चुथी देखी ढम्कने सम्म ५ किलोमिटरमा ठेकेदार कम्पनिले काम गर्न नसक्दा ट्याक्टर जीप लगायतका यातायातका साधानहरू तानेर सञ्चालन गर्नुपरेको ट्याक्टर चालकले वताएका छन् ।

चुथि देखी ढम्कने सम्मको ५ किलोमिटर सडकको जिम्मा लिएको बाँनिया इश्वशेर जेवि कम्पनीले काममा ढिलाई गर्दा समस्या भएको बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । वडा अध्यक्ष पाध्यायले काम हुन नसक्दा चुथि देखी ढम्कने सम्मको सडकको ठाउँ ठाउँमा गाडी तानेर यात्रा गर्नुपर्ने बाध्यता रहेको वताएका छन । त्यसैगरी पटक पटक सडक सुधारका लागि माग गरेपनि सुनुवाई नभएको स्थानिय नर बहादुर रोकायाले वताएका छन् । उनले सड्क खण्डमा गाडि तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएको बताए । सड्क हिलाम्य र खाल्डा खुल्डी भएका कारण जोखिम मोलेर यातायात सञ्चालन गर्नु परेको उनले वताए ।
आयोजना कार्यालय साफेँबगरका प्रमुख रुद्र बोगटीले ठेकेदार कम्पनीको म्याद असारमा सकिएको बताउदै कोरोनाका कारण आउदो असार सम्म म्याद थपेको जानकारी गराए । गएको असारमै ५ किलोमिटर कालोपत्रे गरिसक्नु पर्ने बताउदै उनले आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालयले पटक पटक ताकेता गरेको भए पनि निर्माण बाँकी पेज २ मा
कम्पनीले वास्ता नगरेको बताउनु भयो । कार्यलय प्रमुख बोगटीले पटक पटक कम्पनीलाई ताकेता गर्दा पनि वेवास्ता गर्दै आएको जानकारी गराउदै दुई पटक चिठी पठाई सक्दा पनि काम गर्न आलटाल गरिरहेको बताए । उनले अहिल्पटक पटक सडक सुधारका लागि माग गरेपनि सुनुवाई नभएको स्थानिय नर बहादुर रोकायाले वताएका छन् । उनले सड्क खण्डमा गाडि तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएको बताए । सड्क हिलाम्य र खाल्डा खुल्डी भएका कारण जोखिम मोलेर यातायात सञ्चालन गर्नु परेको चालकले वताएका छन् । अहिले ठेकेदार सम्पर्कमा नआएको समेत उनले बताए ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय बाजुराले सडक निर्माण गर्न पटक पटक ठेकेदार र आयोजना कार्यलयलाई ताकेता गरेको भए पनि ठेकेदारले वेवास्ता गरेको वताएको छ । बाँनिया इश्वशेर जेवि कम्पनीका ऋषि बाँनियाले भने बाजुरकाकै यज्ञ शाहिलाई कामको जिम्मा दिएको तर उनले समयमै काम गर्न नसकेको वताएका छन । शुदूरपश्चिम प्रदेश सरकारको बहुबर्षिय योजनामा परेको मार्तडी कोल्टी ४० किलोमिटर सडक खण्ड कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम बिनियोजन गरीएको थियो । २०५६ सालमा निर्माण कार्य शूरु भएको मार्तडी–कोल्टी सड्क निर्माण भएको २२ बर्ष सम्म पनि पुरा हुन सकेको छैन् ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु