"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ठेकेदारको लाफरबाहीका कारण मार्तडी कोल्टी सडकको काम नहँुदा समस्या

No data was found

Khabar Raftar

बाजुरा, ठेकेदारको लाफरबाहीका कारण मार्तडी कोल्टी सडकको काम नहुदा यातायात सञ्चालनमा समास्या भएको छ । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ को चुथी देखी ढम्कने सम्मको कामको जिम्मा पाएको निर्माण कम्पनीका ठेकेदारको लाफबाहीका कारण सडक निर्माणको काम हुन नसक्दा यातायातमा समस्या भएको हो ।
मार्तडी देखी कोल्टी सम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का पाएको निर्माण कम्पनीले काम गर्न नसक्दा उक्त सडकमा गाडी तानेर यातायात सञ्चालन गर्नु पर्ने बाध्यता रहेको छ । मार्तडी देखी चुथि सम्म ९ किलोमिटर पहिलो खण्ड, चुथि देखी ढम्कने सम्म ५ किलोमिटर दोस्रो खण्ड र ढम्कने देखी कोल्टीचौर सम्म २६ किलोमिटर गरी तिन खण्डमा विभाजन गरेर पूर्वाधार विकास कार्यलय अछामले टेन्डर गरेर निर्माण कम्पनीलाई जिम्मा दिएको भए पनि अहिले सम्म सडकमा सामान्य काम पनि हुन नसक्दा यातायात सञ्चालनमा समस्या भएको हो । अन्य सडक खण्डमा काम शुरु भइरहेको भए पनि दोस्रो खण्ड चुथी देखी ढम्कने सम्म ५ किलोमिटरमा ठेकेदार कम्पनिले काम गर्न नसक्दा ट्याक्टर जीप लगायतका यातायातका साधानहरू तानेर सञ्चालन गर्नुपरेको ट्याक्टर चालकले वताएका छन् ।

No data was found

चुथि देखी ढम्कने सम्मको ५ किलोमिटर सडकको जिम्मा लिएको बाँनिया इश्वशेर जेवि कम्पनीले काममा ढिलाई गर्दा समस्या भएको बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । वडा अध्यक्ष पाध्यायले काम हुन नसक्दा चुथि देखी ढम्कने सम्मको सडकको ठाउँ ठाउँमा गाडी तानेर यात्रा गर्नुपर्ने बाध्यता रहेको वताएका छन । त्यसैगरी पटक पटक सडक सुधारका लागि माग गरेपनि सुनुवाई नभएको स्थानिय नर बहादुर रोकायाले वताएका छन् । उनले सड्क खण्डमा गाडि तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएको बताए । सड्क हिलाम्य र खाल्डा खुल्डी भएका कारण जोखिम मोलेर यातायात सञ्चालन गर्नु परेको उनले वताए ।
आयोजना कार्यालय साफेँबगरका प्रमुख रुद्र बोगटीले ठेकेदार कम्पनीको म्याद असारमा सकिएको बताउदै कोरोनाका कारण आउदो असार सम्म म्याद थपेको जानकारी गराए । गएको असारमै ५ किलोमिटर कालोपत्रे गरिसक्नु पर्ने बताउदै उनले आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालयले पटक पटक ताकेता गरेको भए पनि निर्माण बाँकी पेज २ मा
कम्पनीले वास्ता नगरेको बताउनु भयो । कार्यलय प्रमुख बोगटीले पटक पटक कम्पनीलाई ताकेता गर्दा पनि वेवास्ता गर्दै आएको जानकारी गराउदै दुई पटक चिठी पठाई सक्दा पनि काम गर्न आलटाल गरिरहेको बताए । उनले अहिल्पटक पटक सडक सुधारका लागि माग गरेपनि सुनुवाई नभएको स्थानिय नर बहादुर रोकायाले वताएका छन् । उनले सड्क खण्डमा गाडि तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएको बताए । सड्क हिलाम्य र खाल्डा खुल्डी भएका कारण जोखिम मोलेर यातायात सञ्चालन गर्नु परेको चालकले वताएका छन् । अहिले ठेकेदार सम्पर्कमा नआएको समेत उनले बताए ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय बाजुराले सडक निर्माण गर्न पटक पटक ठेकेदार र आयोजना कार्यलयलाई ताकेता गरेको भए पनि ठेकेदारले वेवास्ता गरेको वताएको छ । बाँनिया इश्वशेर जेवि कम्पनीका ऋषि बाँनियाले भने बाजुरकाकै यज्ञ शाहिलाई कामको जिम्मा दिएको तर उनले समयमै काम गर्न नसकेको वताएका छन । शुदूरपश्चिम प्रदेश सरकारको बहुबर्षिय योजनामा परेको मार्तडी कोल्टी ४० किलोमिटर सडक खण्ड कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम बिनियोजन गरीएको थियो । २०५६ सालमा निर्माण कार्य शूरु भएको मार्तडी–कोल्टी सड्क निर्माण भएको २२ बर्ष सम्म पनि पुरा हुन सकेको छैन् ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त