"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डोटीमा कोरोना संक्रमितको सङ्ख्या दिनहुँ बढ्दै

No data was found

Khabar Raftar

जिल्लामा केही दिन यतादेखि कोभिड–१९ का संक्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। एकै हप्तामा जिल्लामा ३३ नयाँ सङक्रमित फेला परेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले कोरोना विरुद्धको खोप अनिर्वाय गरे पनि अधिकांशले उक्त खोप नलगाएको भन्दै नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ।

सङ्क्रमण बढ्दै गएकाले यहाँका सरकारी कार्यालयको सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ।गृहमन्त्रालयको निर्देशनअनुसार यही माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य रुपमा खोपको पूर्ण मात्रा लगाएको कार्ड साथमा राख्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए। उनले भने, “जिल्लामा कोरोनाको जोखिम फेरी बढेको छ, यसबाट बचाउन तथा खोपमा सबैको पहुँच पु¥याउन खोप कार्ड अनिवार्य गरेका छौँ, खोप लगाएर मात्रै सेवा लिन आउनु होला।”छिमेकी मुलुक भारतबाट घर फर्किएका नागरिकको सङ्ख्या बढेसँगै जिल्लामा कोरोना सङ्क्रमणको जोखिम पनि एकाएक बढेको प्रजिअ विष्टको भनाइ थियो।

यसैगरी यहाँका नौवटै स्थानीय तहमा आइसोलेशन कक्षको व्यवस्था गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ। भारतबाट घर फर्किरहेका नागरिक कोरोना जाँच नै नगरी सिधै गाउँ जाने गरेका कारण यहाँका सहरबजारभन्दा पनि गाउँमा कोरोनाको जोखिम बढ्ने देखिएको केआइसिंह गाउँपालिकाका तिलकबहादुुर रावलले बताए। उनले भने, “भारतबाट आउने दाजुभाइ जाँच बिना नै सिधै गाउँ जान थालेका छन्, अब कोरोना गाउँबाट बढी फैलिने सम्भावना छ।”जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले निगरानी गरिरहे पनि खासै फलदायी हुननसकेको स्थानीयवासीको आरोप छ।

यहाँको प्रहरी प्रशासनले घर बाहिर वा सार्वजनिकस्थलमा जाँदा र सार्वजनिक यातायातका साधन प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न लगाउनाका साथै भौतिक दूरी कायमलगायत स्वास्थ्यसुरक्षाको मापदण्ड पूर्णपालना गर्न आह्वान गरेपनि यहाँका नागरिकले त्यसको खासै पालना नगरेको दिपायल सिलगढी नगरपालिका ४ का मदन बोगटीले बताए।उनले भने, “प्रहरीले दिनहुँ मास्क बाँडिरहेको छ तर प्रयोग कसैले गर्दैनन्, कोरोनाबाट बच्न सावधानी कसैले अपनाएका छैनन्, जिल्लामा कोरोनाको जोखिम बढेको छ।” जिल्लामा पछिल्लो एक हप्ता यतादेखि तीव्ररुपमा कोरोनाको सङ्क्रमण फैलिँदै गएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एकहप्ताको अवधिमा जिल्लामा ३३ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको हो। भारतबाट फर्किएका नागरिकमा कोरोना सङ्क्रमण बढी खिएको जिल्ला स्वास्थ्यका सूचना अधिकारी अमरसिंह भाटले बताए। उनले भने, “भारतबाट घर फर्किएका नागरिकमा कोरोना सङ्क्रमण देखिएको छ, सबैले सावधानी अपनाउन जरुरी भएको छ।”सूचना अधिकारी भाटका अनुसार अहिले दैनिकरुपमा कोरोना सङ्क्रिमतको सङ्ख्या बढ्दै गएको छ। हालसम्म सबैभन्दा बढी आदर्श गाउँपालिकामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

यसैगरी दिपायल सिलगढी नगरपालिकामा १०, पूर्वीचौकी गाउँपालिकामा चार, जोरायल गाउँपालिकामा दुई, सायल गाउँपालिकामा दुई तथा बोगटान फुड्सिल गाउँपालिकामा चार जनामा सङ्क्रमण पुष्टि भएको छ। एक सातामा २४४ जनाको एन्टिजेन र आठ जनाको आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले कडाइ गरेपनि त्यसको खासै असर नभएका कारण र नागरिकले सचेतना नअपनाएकाले कोरोना जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।रासस

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान