"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लघुकथा : डाँकाटर

No data was found

developer

अब निको हुन्छ । खासै ठूलो समस्या छैन । केही त्यस्तो भएमा फेरि आउनुहोला ल !’ डाक्टर रञ्जितले भनेका थिए दुई महिनाअघि । त्यस दिन ऊ ढुक्क भएर अस्पतालबाट बिदा भएको थियो । घर फर्केको चार पाँच दिनदेखि नै उसलाई पेट दुख्न थाल्यो । क्रमशः व्यथा चर्कँदै गयो । यसअघि उसले कहिल्यै पनि त्यति ठूलो र नामी अस्पतालमा जाँच गराएको थिएन । उसको जीवनमा त्यो नै पहिलो शल्यक्रिया थियो । ढुक्क नहोस् पनि किन ? त्यो अस्पतालका नामी डाक्टरले उसको अपरेसन गरेका थिए । दाम पनि प्रशस्तै खर्च भएको थियो । उसका भरपर्दा मित्र र आफन्तले त्यही अस्पतालमा जाने सल्लाह दिएका थिए ।

पुग नपुग दुई महिनापछिको कुरा हो ।  ऊ फेरि त्यही अस्पतालमा भर्ना हुन पुग्यो । पेट ज्यादै दुखेको थियो । पीडाले ऊ छट्पटाइररहेको थियो । उसलाई जाँच्ने डाक्टर रञ्जित अहिले देखिएनन् । डा. सुबोधको पालो परेछ । भिडियो एक्सरेको रिपोट हेरेर डाक्टरले भने— “के पहिले पनि कतै चेक गराउनु भा’थ्यो  ?” हो । सशङ्कित हुँदै उसले भन्यो— “किन र डाट्साप् ?” डाक्टरले उत्तर नदिई अर्को प्रश्न थप्यो— “कुन हस्पिटलमा चेक गर्नुभा’हो यहाँले ?” उसले लामा सास तानेर भन्यो— “यही अस्पतालमै हो तर किन ? भन्नोस् न डाट्साप् ?” डाक्टरको अनुहारको रोगन फेरिँदै गएको देखेर झन् सशङ्कित हँुदै उसले भन्यो—“भन्नोस् न के रिपोर्ट छ एक्सरेको ?” डाक्टरले हिम्मत झिकेर भन्यो— “तपाईंको त एउटा किड्नी नै छैन ।” ऊ रिसले आगो भएर भन्यो—“त्यसो भए यो अस्पतालमा कार्यरत सबै डाँकाटर हुन् ? मेरो अपरेसन गर्ने डा. रञ्जित खै ? उनीबाहेक मेरो मिर्गौला चोर्ने अरू कोही हैन । दुवै मिर्गौला झिकेर मारेको भए हुन्थेन ? यस्ता डाक्टर हुनुभन्दा त नहुनु नै वेश । थुइक्क डाँका ! तिमीहरू डाक्टर होइनौ, डाँकाटर हौ, डाँकाटर !”

 

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत