"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

खाना खान नभ्याउँदा पानी मात्र पिएर धेरै गीत गाएकी छु : अस्मिता अधिकारी

No data was found

developer

अस्मिता अधिकारी पछिल्लो समय एकदमै रुचाइएकी गायिका हुन् । रियालिटी शो नेपाल आइडलबाट लाइमलाइटमा आएकी अस्मिताका टाढा भएपनि, सुनैको दरबार, रमरम मरौटी, तिम्रो मायाले बाँधेर राख लगायत थुप्रै गीत लोकप्रिय छन् ।

स्टुडियोदेखि स्टेजसम्म नै सर्वाधिक रोजाइकी गायिका अस्मिताको दिनचर्या कस्तो छ ? उनका रुचिहरु के के छन् ? लगायतका विषयमा गरिएको कुराकानी :

बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ कि छैन ?

सात बजेसम्म उठिसक्छु । तालिका नै भनौं ।

उठ्नासाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ कि पूजापाठ गर्नुहुन्छ ?

उठेर पानी पिउँछु । दुवै गर्दिन ।

बिहान फ्रेस भइसकेपछि योग ध्यान वा एक्सरसाइज गर्नुहुन्छ ?

बिहान फेस्र भइसकेपछि म आधा घण्टा हिँड्छु ।

बिहान नास्ता खानुहुन्छ कि हुन्न ?

त्यस्तो नास्ता नै भन्ने त छैन । चिया, अण्डा यस्तै खाने हो ।

बिहानको खाना कति बजे खानुहुन्छ ?

११ बजेसम्म खाइसक्छु ।

कस्तो खाना रुचाउनुहुन्छ ?

घरमा पाकेको दाल, भात र तरकारी । मलाई साधारण खाना मन पर्छ ।

तपाईंको खानामा छुट्दै नछुट्ने चिज के हो ?

दाल अनिवार्य हुन्छ ।

माछा–मासु कत्तिको खानुहुन्छ ?

दुवै मलाई मन पर्छ  । त्यसमा पनि माछा अझ बढी । मासुमा कुखुरा र खसीको खान्छु ।

मदिरापान गर्नुहुन्छ ?

गर्दिन ।

भान्सामा काम गर्ने जाँगर कति चल्छ ?

फुर्सद हुँदासम्म गर्छु ।

तपाईंलाई आफैंले बनाएको कुन खानेकुरा बढी मन पर्छ ?

कुखुराको मासु मीठो बनाउँछु जस्तो लाग्छ ।

बाहिर रेष्टुरेन्टमा मीठो कि घरमा बनाएको ?

म प्रायः बाहिर खाँदिन । घरकै धेरै मीठो हुन्छ ।

एकदमै भोक लागेको तर खाना खाने अनुकूलता नमिलेको कुनै क्षण छ ?

एकदमै भोक लागेको बेला खाना नपाएको क्षण त कति छ कति । रेकर्डिङकै सिलसिलामा कत्तिपटक भएको छ । कहिले त एक दिनमा तीन चारवटासम्म गीत रेकर्डिङ हुन्छ । एउटा रेकर्डिङपछि अर्को ओभरल्याप हुन्छ । एउटा स्टुडियोबाट अर्कोमा जाँदा ट्राफिक जाम हुन्छ यसले गर्दा खाना समयमा खान पाएकी छैन । पानी मात्र खाएर मैले धेरै गीत गाएकी छु ।

घरमा कुचो लगाउने, सरसफाइ गर्ने, भाँडा माझ्ने, लुगा धुने काम आफैं गर्नुहुन्छ ?

काठमाडौं बाहिर नगएको बेला बेलुका घरको काममा मम्मीलाई सहयोग गर्छु । खाना खाएपछि मम्मी र म मिलेर भान्साको काम सक्छौं ।

घरबाट बाहिर निस्कनुअघि मेकअपमा कति समय लाग्छ ?

मलाई आधा घण्टा लाग्छ ।

बाहिर हिंडडुल गर्दा कस्तो लुगा सहज लाग्छ ?

लगाउँदा सहज हुने एकदम सिम्पल लुगा राम्रो लाग्छ । जिन्स, टीसर्ट यस्तै ।

गरगहनामा कत्तिको आशक्ति छ ?

मलाई सुनको गहना मन पर्र्छ । सिक्री, औंठीसँगै घडी लगाएको छु ।

तपाईं कस्तो सवारी साधन प्रयोग गर्नुहुन्छ ?

भेस्पाको स्कुटी ।

प्रायः दिन कसरी बित्छ ?

धेरैजसो रेकर्डिङमै बित्छ । संगीतकर्ममा रमाउने भएकाले होला मेरो पूरा समय यसैमा बित्छ ।

एक दिनमा कतिवटासम्म गीत रेकर्ड गर्न भ्याउनुहुन्छ ?

मैले दिनमा चारवटासम्म गीत रेकर्ड गरेको छु ।

साँझ कति बजे घर फर्कनुहुन्छ ?

कामले निर्धारण गर्दछ । त्यस्तै ८ देखि ११ बजेभित्र घर फर्कंन्छु ।

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

घर कति बेला पुग्छु भन्ने हुन्छ । यही समयमा खान्छु भन्ने छैन ।

बेलुकाको खानामा के के हुन्छ ?

साधारण दाल, भात र तरकारी ।

कति बजे सुत्नुहुन्छ ?

प्रायः १० देखि ११ बजेभित्र सुतिसक्छु ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान