"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सम्झौता भएको आठ बर्ष वित्नै लाग्दा पनि पुल निर्माणको काम २० प्रतिशत मात्रै

No data was found

Khabar Raftar

माघ १६ डोटी
सम्झौता भएको आठ बर्ष वित्नै लाग्दा पनि डोटीको शिखर नगरपालिका वडा नम्बर–१० स्थित सेती नदीकोे मोटरेबल पुल निर्माणको काम २० प्रतिशत मात्रै भएको छ । २०७४ साल असार २९ गते काम सम्पन्न गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको उक्त मोटरेबल पुलको काम २० प्रतिशत मात्रै भएको संघीय सडक सुपरीबेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कुलपातेले जानकारी गराएको हो ।
२०४९ सालमा निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सडकलाई केआई सिंह राजमार्गसँग जोड्ने पुल निर्माणका लागी २०७१ साल असार २९ गते सम्झौता गरिएको थियो । तीन वर्षे पहिलो ठेक्का सम्झौता अवधी सकिएर चार पटक म्याद थप भइसकेको भए पनि अहिले सम्म सम्झौता अनुसार काम नभएको पाईएको हो । ठेक्काको अन्तिम म्याद २०७८ चैत्र मसान्त सम्म रहेको छ । तर कार्यप्रगति भने २० प्रतिशत मात्रै छ । मूल्य अभिवृद्धि कर (भ्याट) सहित २६ करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुने भनिएको तीन सय २० सय मिटर लामो उक्त आरसिसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।
‘गत आर्थिक वर्षमा सन्तोषजनक काम भएको भए पनि त्यही गतिमा काम भएको भए तीन बर्षमा काम सम्पन्न भईसक्ने डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर योगेन्द्रबहादुर अधिकारीले बताए । इन्जिनियर अधिकारीले कानूनमा जे छ त्यो अनुसार म्याद थप गर्दै आएको बताए । सूचना अधिकारीका अनुसार निर्माता कम्पनीले हालसम्म तीन करोड २१ लाख रुपैयाँ भुक्तानी समेत लिईसकेको छ ।
सेती नदीमा पुल नहुँदा शिखर नगरपालिका वडा नम्बर–११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सडक समेत अलपत्र रहेको छ । पुल निर्माण कार्यमा ढिलाइ हुनुको कारण फाउण्डेसनमा समस्या भएकाले ढिलो भएको निर्माता कम्पनी पुष्प–राजेन्द्र जेभीका इन्जिनियर राजेन्द्र साउँदले वताएका थिए । ‘पिल्लरको फाउण्डेसनमा रक भेटियो, डिएमसी मेसिनले काम गरेन,’ उनले भनेका थिए, ‘बोर पाइलिङ्ग मेसिन ल्याउनु पर्ने भएका कारण ढिलाइ भएको बताएका थिए । त्यसपछि उनले मेसिन ल्याइसकेको र आगामी असार मसान्तभित्र (२०७६) निर्माण कार्य सम्पन्न गर्ने गरी काम गर्ने बताएका थिए । उनले त्यो बाचा गरेको तीन वर्ष बितिसक्दा पनि जम्मा २० प्रतिशत मात्रै काम भएको छ । निर्माता कम्पनीले पुलका लागि भन्दै क्रसर चलाएकाले काममा ढिलाइ भएको सडक डिभिजनका कर्मचारी वताउँछन् । पुलको बहानामा गिट्टी, ढुङ्गा, बालुवा अन्तै सप्लाई भइरहेकाले ठेकेदारले जानी जानी ढिलो गरेको ति कर्मचारीले बताए । अब क्रसर बन्द भइसकेको छ, सायद काम अगाडि बढ्छ होला उनले भने । चुनावका बेला राजनीतिक मुद्दा मात्रै बन्ने गरेको सडक निर्माता कम्पनीले राजनीतिक आडमा प्राकृतिक स्रोत साधनका फाइदा लिइरहेकाले ढिलाई गरेको स्थानीयको आरोप छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत