अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार टेक्ससको कोनरोमा आयोजित सेभ अमेरिका आमसभामा बाइडन प्रशासनको दोहोलो काढेका
छन् । युक्रेन सीमामा सम्पूर्ण ध्यान लगाएर बाइडनले मेक्सिकोसँग अमेरिकाको सीमालाई बेवास्ता गरेको आरोप उनले लगाए ।
कीर्तिमान संख्यामा अवैध आप्रवासीहरू मेक्सिको सीमामा आइपुगेको बताउँदै ट्रम्पले अमेरिकाको सुरक्षालाई जोखिममा पार्ने गरी मानिसहरूको अतिक्रमण भइरहेको बताए ।
बाइडनले अमेरिकी सीमा आत्मसमर्पण गरिसकेको र अमेरिका युद्धको मैदानमा हारे जस्तो गरी सारा संसार अमेरिकालाई कुल्चिन तयार भएको ट्रम्पको भनाइ छ ।
‘हाम्रा नेताहरूले अरू देशमाथि अतिक्रमणको कुरा गर्नुभन्दा आफ्नै देशमाथिको आक्रमणलाई रोक्नुपर्ने हुन्छ,’ ट्रम्पले बताए ।
अमेरिकाले सेनालाई रुसको सीमा नजिक भन्दा पनि दक्षिणी सीमामा खटाउनुपर्ने उनको भनाइ छ । ‘बाइडनले अमेरिकी सेनालाई गलत सीमामा खटाएका छन्,’ ट्रम्पले
बताए ।
शुक्रवार मात्र बाइडनले केही समयपछि नै अमेरिकी सैनिकहरू पूर्वी युरोप पठाउने बताएका छन् । त्यसको केही दिनअघि नेटोले लगभग ८ हजार सैनिकहरूलाई उच्च सतर्क अवस्थामा राखेर पूर्वी युरोपमा तैनाथ गर्न योजना बनाएको छ ।
कैलालीमा किशोरीलाई करणी गरेको आरोपमा दुई जना पक्राउ
- २ घण्टा अगाडि