"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिम प्रदेशमा थप ३ सय ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

माघ १६ धनगढी
सुदूरपश्चिम प्रदेशमा थप ३ सय ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार २ सय २५ जनाको एन्टिजेन र ६९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ३६ जनामा संक्रमणको पुष्टि भएको हो । आईतबार संक्रमण पुष्टि भएका मध्ये ४७ जना भारतबाट फर्केका नागरिक भएको निर्देशनालयले जनाएको छ ।
आईतबार सुदूरपश्चिमका नाका भएर ६ सय ६६ जना स्वदेश फर्केका छन् । निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ७ सय ४३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
उनीहरुमध्ये ७९ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कैलालीको सेती अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीकी एक महिला र कञ्चनपुरका पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनका अनुसार ती महिलाको शनिबार देखि अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको थियो । यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३१ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । शनिबार अस्पताल भर्ना भएका उनको आइसियूका राखेर उपचार भइरहेको थियो ।

भर्खरै

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख
जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते
बैतडीमा एक जना युवती मृत भेटिईन
कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो
सामुदायिक वन फँडानीको आरेपमा अध्यक्ष पक्राउ
ईन्टरनेट तारको लापरबाहीले करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु

धेरै कमेन्ट गरिएको

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित

bbbf7afb-3040-48aa-a4bb-97e127ead37c

सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र

godawari-municipality1690965952

गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख

23c240e0-2790-4a25-8a05-fbc004ccae89

जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते

death-pt2023-05-03-08-12-06

बैतडीमा एक जना युवती मृत भेटिईन

godawari-municipality

कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो