"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

शहीद दशरथ चन्दको शालीकमा माल्र्यापण गरी शहीद दिवस मनाइयो

Khabar Raftar

माघ १६ बैतडी
शहीद दशरथ चन्दको शालीकमा माल्र्यापण गरी शहीद दिवस मनाइएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर –५ बस्कोटस्थित शहिद चन्दको घरमा आईतबार श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी शालीकमा माल्र्यापण गरी शहिद दिवस मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी गराए । शहीद दशरथ चन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जलि कार्यक्रमका साथै नेपाल प्रहरीले सलामी अर्पण गरेर शहिद दिवस मनाईएको उनले बताए । शहीद चन्दको शालिकमा माल्यार्पण गर्नुका साथै देशमा प्रजातन्त्र स्थापनाका लागि शहीदहरूले खेलेको भूमिकाको स्मरण गर्दै शहिद दिवस मनाइएइको उनले बताए । हरेक वर्ष धुमधामका साथ दिवस मनाउँने गरेको बताउदै उनले यो वर्ष कोरोना भाइरसका कारण स्वास्थ्यका मापदण्ड अपनाएर कम मानछेहरुको उपश्थितिमा श्रद्धाञ्जलि सभा आयोजना गरेर मनाएको जानकारी गराए । शहीद दशरथ चन्दको जन्मघर बैतडीको बस्कोटमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले ०५१ सालबाट शहीद दिवस मनाउदै आएको छ । स्थानीयस्तरमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठान स्थापना गरिए पनि यसलाई सरकारी प्रतिष्ठान बनाउने प्रयास अझै सफल हुन नसकेको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष तेजप्रकाश भट्टले बताए । उनले सरकारी प्रतिष्ठान बनाउनका लागि आफूहरूले पहल गरे पनि सरकारका तर्फबाट एकदिन मात्रै शहीदलाई सम्झीने गरेको बताए । एकदिन मात्र सम्झेर शहिदका सपना पूरा नहुने बताउदै उनले शहिदले खोजेको परिवर्तनलाई संस्थागत गर्न सरकारको सहयोग आवश्यक रहेको बताए । यस्तै बैतडीको सदरमुकाम गढी खलंगामा रहेको दशरथ चन्दको शालिकमा पनि स्थानीय संघसंस्था तथा नागरिक समाजका व्यक्तिले माल्यार्पण गरी दिवस मनाएका छन् । दिवसको अवसरमा शहीद चन्दको जन्मथलो दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा समेत दिईएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ