अभिनेत्री वर्षा सिवाकोटी आफ्ना व्यक्तिगत विषयले पनि चर्चामा रहन्छिन् । वर्षाको प्रेम जीवन सञ्चार माध्यममा छाइरहन्छन् । कहिले प्रेमीसँग रमाएका त कहिले प्रेमीको पहिरन नै लगाएको विषयले उनको चर्चा हुने गरेको छ ।
प्रेम र ब्रेकअपको खबरले चर्चामा आइरहने वर्षा आफ्नो व्यक्तिगत कुरा सार्वजनिक गर्न कलाकारले पाउँदैन र ? भनेर प्रश्न गर्छिन् । सामाजिक सञ्जालमा उनले असन्तुष्टि पोख्दै भनेकी छन्, ‘पर्दाको चमकधमकपूर्ण जीवन भन्दा केही पर एउटा सार्वजनिक व्यक्तिको नितान्त व्यक्तिगत जीवन पनि हुन्छ । तर सार्वजनिक व्यक्तिको ट्यागमा उसका सबैकुरा सार्वजनिक ठानिन्छ र उसलाई मिडियाका नाममा निर्मम तरिकाले प्रहार गरिन्छ । मानवीय संवेदना सकिएको छैन भने यस्ता कुरालाई मनन गरौं र सच्याऔं । एउटा कलाकारको जीवनमा पनि सुख–दुःख, उतारचढाव र आरोह–अवरोह प्रशस्त हुन्छन् । पर्दा बाहिर निस्कने वित्तिकै यथार्थको भोगाइमा उसको जीवन बाँच्न अभिशप्त हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’ वर्षाले अगाडि प्रश्न गरेकी छन्, ‘केही व्यक्तिगत कुरा म सार्वजनिक गर्न चाहन्नँ, गोप्य नै राख्छु भन्ने अधिकार एउटा कलाकार वा सार्वजनिक व्यक्तिगले पाउँदैन र ? व्यक्तिको आत्मसम्मानमा ठेस पुग्ने गरी वा चित्त दुख्नेगरी सामग्री बनाउँदा त्यो व्यक्तिलाई त्यसले कति असर गर्ला भनेर बेलैमा सोचौं ।’ मनोरञ्जनको नाममा मानवीय संवेदनाको व्यापार बन्द गर्न पनि वर्षाले आग्रह गरेकी छन् ।
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
- २२ घण्टा अगाडि