"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पेटपाल्नका लागि ६ सय भन्दा बढी महिलाले गिट्टी कुट्दै

No data was found

Khabar Raftar

राजन नेपाली ÷माघ १५ बझाङ
पेटपाल्नका लागि ६ सय भन्दा बढी महिलाले बाउलीखोलामा ठगिट्टी कुट्दै आएका छन ।
पुस÷माघको चिसो सिरेटोमा पनि बाउलीखोलाको किनारमा ६ सय भन्दा बढी महिलाले गिट्टी कुट्दै आएका हुन । उमेरले बुढी भइसकेकी जेष्ठ नागरिक किस्मती बोहोराले गिट्टी कुटेर बिहान बेलुकीको छाक टार्ने गर्दै आएकी छिन । सुर्मा गाउँ पालिकाकी बेलु बोहोराले पनि आफ्नो ३ वर्षीय बालक काखमा च्यापेर गिट्टी कुट्ने काम गर्दै आएकी छिन । उनले आफ्ना बालबच्चा हुर्काउँदाको समय गिट्टी कुटेर नै घरपरिवारको सम्पूर्ण खर्च चलाएको बताइन् । सदरमुकाम चैनपुर नजिकै रहेको बाहुली खोलामा दैनिक ६ सय भन्दा बढी महिलाहरुले गिट्टी कुटेरै जीवन निर्वाह गरिरहेका छन् ।
हातभरि फोका हुँदासम्म गिट्टी कुट्दै बसेकी किट्टी बोहोराले जाडो–गर्मी नभनि ठूल्ठूला ढुंगा बजार्दै गिट्टी संकलन गर्दै आएकी छिन् । त्यहीँ नजिकै सोही ठाउँकी काखमा दूधे बालक च्याप्दै र छेउमा अर्की छोरीको समेत ख्याल गर्दै गिट्टी कुट्दै गरेकी चरिमाया बोहोराले आफ्ना ५ छोराछोरीलाई गिट्टी कुटेरै पढाइलेखाइ गरेको बताइन् । बझाङको सदरमुकाम नजिकै रहेको यो बगरमा गिट्टी कुट्नेको मेला नै लाग्ने गरेको छ । उनीहरूले भागिरहेका दुःखहरू भने अनुहारमा प्रष्ट झल्किरहेका हुन्छन । खेतीपातीबाट ६ महिना खान नपुग्ने र भएको खेतबारी पनि बाढीपहिरोले सखाप पारे पछि अशिक्षित महिलाहरूका लागी जीवन गुजार्ने उपाय गिट्टी बनेको छ । गिट्टी कुट्ने यो मेलामा एउटा आवाज गुन्जिरहेको हुन्छ, ‘१ बोरा गिट्टीको मूल्य १ सय रुपैयाँ हुनु पर्छ । सुर्मा गाउँपालिकाकी चरिमायाले आफ्ना परिवारका १२ जना सदस्य बेरोजगार भएकाले जीवन धान्ने पेशा यही भएको बताइन् । उनले पनि शिशुलाई काखीमै च्यापेर गिट्टी कुट्ने र ढुंगा फुटाउँदा तथा जम्मा पार्दा चिसो भुइँमा बच्चा राख्ने गरेको
बताइन् ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु