"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पेटपाल्नका लागि ६ सय भन्दा बढी महिलाले गिट्टी कुट्दै

No data was found

Khabar Raftar

राजन नेपाली ÷माघ १५ बझाङ
पेटपाल्नका लागि ६ सय भन्दा बढी महिलाले बाउलीखोलामा ठगिट्टी कुट्दै आएका छन ।
पुस÷माघको चिसो सिरेटोमा पनि बाउलीखोलाको किनारमा ६ सय भन्दा बढी महिलाले गिट्टी कुट्दै आएका हुन । उमेरले बुढी भइसकेकी जेष्ठ नागरिक किस्मती बोहोराले गिट्टी कुटेर बिहान बेलुकीको छाक टार्ने गर्दै आएकी छिन । सुर्मा गाउँ पालिकाकी बेलु बोहोराले पनि आफ्नो ३ वर्षीय बालक काखमा च्यापेर गिट्टी कुट्ने काम गर्दै आएकी छिन । उनले आफ्ना बालबच्चा हुर्काउँदाको समय गिट्टी कुटेर नै घरपरिवारको सम्पूर्ण खर्च चलाएको बताइन् । सदरमुकाम चैनपुर नजिकै रहेको बाहुली खोलामा दैनिक ६ सय भन्दा बढी महिलाहरुले गिट्टी कुटेरै जीवन निर्वाह गरिरहेका छन् ।
हातभरि फोका हुँदासम्म गिट्टी कुट्दै बसेकी किट्टी बोहोराले जाडो–गर्मी नभनि ठूल्ठूला ढुंगा बजार्दै गिट्टी संकलन गर्दै आएकी छिन् । त्यहीँ नजिकै सोही ठाउँकी काखमा दूधे बालक च्याप्दै र छेउमा अर्की छोरीको समेत ख्याल गर्दै गिट्टी कुट्दै गरेकी चरिमाया बोहोराले आफ्ना ५ छोराछोरीलाई गिट्टी कुटेरै पढाइलेखाइ गरेको बताइन् । बझाङको सदरमुकाम नजिकै रहेको यो बगरमा गिट्टी कुट्नेको मेला नै लाग्ने गरेको छ । उनीहरूले भागिरहेका दुःखहरू भने अनुहारमा प्रष्ट झल्किरहेका हुन्छन । खेतीपातीबाट ६ महिना खान नपुग्ने र भएको खेतबारी पनि बाढीपहिरोले सखाप पारे पछि अशिक्षित महिलाहरूका लागी जीवन गुजार्ने उपाय गिट्टी बनेको छ । गिट्टी कुट्ने यो मेलामा एउटा आवाज गुन्जिरहेको हुन्छ, ‘१ बोरा गिट्टीको मूल्य १ सय रुपैयाँ हुनु पर्छ । सुर्मा गाउँपालिकाकी चरिमायाले आफ्ना परिवारका १२ जना सदस्य बेरोजगार भएकाले जीवन धान्ने पेशा यही भएको बताइन् । उनले पनि शिशुलाई काखीमै च्यापेर गिट्टी कुट्ने र ढुंगा फुटाउँदा तथा जम्मा पार्दा चिसो भुइँमा बच्चा राख्ने गरेको
बताइन् ।

No data was found

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त