माघ १५ दार्चुला
आमा छोरी रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ बोहरीगाउँ घरबाट माइत जान हिँडेकी अन्दाजी २३ वर्षीया सरस्वती बिष्ट छोरी सहित रुखमा झुण्डिएको अवस्थामा मृत भेटीएकी हुन । एक वर्षीया छोरीलाई साथमा लिएर घरबाट माइत जान्छु भनेर हिँडेकी बिष्ट नगरपालीकाको वडा नम्बर ८ तल्चौरमा छोरीसँगै मृत भेटिएको प्रहरीले जनाएको हो ।
घटनाको प्रहरीले छानबिन गर्ने जनाएको छ । मृत भेटिएकी महिलाको माइती घर बैतडीको दोगडाकेदार बाँकी ७ पेजमा गाउँपालिकाको न्वालीमा भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक नारायण बिष्टले जानकारी गराउनु भयो । आमाछोरीको शव पोस्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको बताईएको छ ।
Post Views: 243