"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सँयुक्त जग्गा जग्गा धनी लालपुर्जा बनाएपछी गर्वको अनुभूति

No data was found

Khabar Raftar

टेकेन्द्र बोहरा ÷माघ १५ बझाङ
बझाङको मस्टा गाँउपालीका वडा नम्बर २ आग्री वाडाकी जगु देवी आग्रीले सयुक्त जग्गाधनी लालपुर्जा बनाएपछी गर्वको अनुभुती भएको छ ।
उनकोे १३ जनाको परीवार छ । घरको घरायसी काम घन्दासंगै खेतीपाती गर्नु उनको दैनिकी हो । उनकोे मुख्य जीविकोपार्जनको स्रोत भनेको नै यही खेतीपाती हो । उनका श्रीमानले साझ बिहान पुर्खेली पेशा आरन चलाएर साहुको कुटो कोदालो बनाउने काम गर्ने गरेका छन । सो वाफत वर्षको दुई पटक बाली अनुसार आउने अन्नले पनि उनलाई अझै खान पुग्दैन । उनका ।ीमानले कहिलेकाही कुटो कोदालो बन्चरो बनाएर बेच्ने गरेका छन् । जग्गा जमिन प्रसस्त भए पनी उब्जनी कम हुने भएका कारण छोरा छोरीको पढाई खर्च घरको नुनतेल लुगाकपडा गर्न उनलाई कठिनाई हुने गरेको छ । खेतीपाती र घरायसी काममा लाग्ने गरेको बताउदै जगु आग्रीले गाँउमा युनाइृटेड मिसन टु नेपाल र एकिकृत बिकास मञ्चको कार्यक्रम लागु भएको बताउदै गाँउका महिलाहरु जम्मा भएर बाठपाला कृषक समूह गठन गरेर त्यसको सदस्य बनेको बताईन । सुरु सुरुका दिनहरुमा समुहमा खास्सै बस्न मन लाग्दैन थियो समुहको नियमित बैठकमा जान लागे पछी समुहमा वुझ्दै जाँदा संस्थाले गाँउमा जिविको पार्जनका लागी विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउदै उनले समुहमा वस्दै जाँदा धेरै कुरा सिक्नुका साथै साथिहरु सँङ्ग बस्दै जाँदा आपसी मेलमिलाप र आत्मीयता वढ्ेको बतथाईन ।
एक दिन सस्थाका कर्मचारीहरु गाँउमा तालिम दिन आएको बताउदै उनले तालीममा सहभागी भएर त्यो दिन संयुक्त जग्गाको स्वामित्वमा अभिमुखीकरण सम्बन्धि कार्यक्रममा आधा पुरुष आधा नारी, जमिनमा हक बरबारी (आधा पुरुष आधा महिला, दुबैको भूमिमा समान अधिकार) भन्ने कुरा बुझेको बताईन । घरपरिवारको समृद्धिका लागि महिलाले गरेको कामको सम्मान गर्दै संयुक्त भूमि स्वामित्व अभियान सञ्चालन गरेको बताउदै उनले सयुक्त जग्गा धनी पुर्जाको महत्व बुझेको बताईन । हामी महिलाहरुले घरको सवै काम गर्नुपर्छ सुख दुख सहनु पर्छ । जमिन जोत्ने र अन्नवाली लगाउने र भित्राउने वेला पुरुषले सहयोग गर्ने गर्दछन हामी महिलाहरुको जग्गामा हक अधिकार कम किन भन्ने कुराको जानकारी भएको बताईन । उनले एक दिन साँझ अभिमुखीकरण कार्यक्रममा सिकेका सबै कुरा श्रीमानसँग गरेको बताउदै श्रीमानले आफ्नो सबै सम्पत्ति मेरो हो किन राख्ने दुवैको नाम राख्नु पर्दैन किन चाहियो भनेर हप्काएको बताईन । हामी महिलाहरुको कामको सम्मान र भविस्यकोे सुरक्षा हाम्रो लागी हो नी भनेर उहाँलाई विश्वास दिलाए पछि श्रीमान राजी भचएर त्यसको पछिल्लो दिन संस्थाका कर्मचारीहरूले संयुक्त जग्गाको वारेमा यसको स्वामित्व, यसको पृष्ठभूमि,र कानुनी प्रक्रियाको बारेमा छलफल गराए पछि श्रीमान र आफ्नो नाम्मा संयुक्त पूर्जा बनेको बताईन । जमिनको महत्व बुझेर श्रीमान् संयुक्त जग्गा धनी लालपुर्जा बनाउन राजी भएको बताउदै उनले पछी संयुक्त जग्गाको स्वामित्व बनाउन आवश्यक कागजातहरू जग्गा राजस्वको रसिद, नागरिकताको फोटोकपी, राहदानी साइजको फोटो, वडा कार्यालय र पालिकाबाट सिफारिस पत्र, विवाह प्रमाणपत्र) संकलन गर्न गरेर त्यसको एक सातापछि मालपोत कार्यालय गएर रजिष्ट्रेसन दस्तुरको रूपमा एक सय रुपैयाँ तिरेर कानुनी कागजात तयार गरी श्रीमान् र आफ्नो नाममा संयुक्त जग्गा धनी प्रमाण पत्र प्राप्त गरेको बताईन ।
उनले सामान्य लेखपढ पनी गर्न नजान्ने ५३ वर्षको उमेरमा संयुक्त जग्गाधनी लालपुर्जामा पाएपछी एक दमै खुसी भएको उनले बताईन । अहिले गर्वको अनुभूति भईरहेको छ यसले मलाई केहि गर्ने शक्ति दिएको छ यसले परिवारका सदस्यहरूलाई जानकारी नदिई पुरुषहरूले एकाअधिकार गरेर जग्गा बेच्ने कामको अन्य भएको छ उनले भनिन ।
सयुक्त जग्गा धनी लालपुर्जा बनाउन आर्थिक र प्राविधिक सामाजिक रूपमा हयोग गरेकोमा एकिकृत विकास मञ्च र युनाईटेड मिसन टु नेपाललाई उनले धन्यवाद दिदै श्रीमान् पनीे यो कामबाट निकै हर्षित भएको बताईन ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत