"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङमा मेयरकै गाउँ वस्तीमा खानेपानीको हाहाकार

No data was found

Khabar Raftar

टेकेन्द्र बोहरा । माघ १५ बझाङ
बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर–३ पडेस दलित वस्तीमा खानेपानीको हाहाकार भएको छ । गाउँमा दलितहरुको सङख्या धेरै भएको र खानेपानीको धारा एउटा मात्र भएका कारण खानेपानीको हाहाकार हुने गरेको त्यहाँका स्थानियहले बताएका छन ।
स्थानिय बासिका अनुसार, ’गाँउमा १२ वटा घरधुरिमा १ वटा मात्रै धारो भएको र ेत्यो पनि समयमा पानी नआउने हुँदा पानी लिन धारामा घण्टौ लाईनमा वसेर १०÷२० लिटर मात्र पाउने गरीएको छ । पानीका लागि अर्को टोलका स्थानियसंङग पानी मागेर खानुपर्ने अन्यथा आधा घण्टा पैदल हिडेर कुवाको पानी ल्याउनुपर्ने बाध्यता रहेको छ । ’
स्थानिय रवी दमाईले खानेपानीका लागि खानेपानी उपभोक्ता समिति र नेताहरुलाई हार गुहार माग्दा पनि कसैले चासो नदिएको बताए । उनले चुनावको समयमा घरमै आई हात जोडेर समस्या समाधान गर्ने बचन दिदै भोट माग्दै आएका नेताहरु चुनाव जीते पछि एक पटक पनि गाँउमा फर्केर नआएको बताए ।
त्यस्तै अर्का स्थानिय विरु दमाईले मेयर साहेपको गाउँमै पानीको समस्या हुँदा पनि चासो नदीनु दुखद विषय भएको बताए ।

ठूला ठूला नेता पनि हाम्रा गाँउका छन् हामीलाई कसैले हेर्दैनन् आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई योजना बाँढ्ने गरेका छन् हामीलाई पानी दिनुहोस् भन्दा सेती नदीको लिफ्टिङ खानेपानी आउँछ भनेर आश्वासन दिने गरेका छन तर पानी कहिले आउने हो उनले प्रशन गरे ।
गाउँमा विभिन्न ठूला पार्टीका ठूला नेता निजामती कर्मचारी वसोवास गर्ने भए पनि दलित गरीव परिवारका समस्याहरु जस्ताका त्यस्तै रहेको पडेस युवा समाजका अध्यक्ष तथा समाजसेवी पवन खड्काले बताए ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु