"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अस्पताल निर्माणको बोलपत्रमा रामारोशन र मेल्लेख गाउँपालीको बदमासी

No data was found

Khabar Raftar

अस्पताल निर्माणको बोलपत्रमा रामारोशन र मेल्लेख गाउँपालीको बदमासी
माघ १४ अछाम,
अछामको मेल्लेख गाउँपालिकाले अस्पताल निर्माणको बोलपत्रमा बदमासी गरेको छ । गत पुस २२ गते १५ शैय्याको अस्पताल भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको गाउँपालिकाले विद्युतीय बोलपत्र सार्वजनिक गर्दा नै अनावश्यक शर्त राखेर बदमासी गरेको निर्माण कम्पनीहरुको दाबी रहेको छ । मेल्लेख गाउँपालिकाले पहाडी क्षेत्रमा १२ करोड ६५ लाख बढीका दुई अस्पताल निर्माण गरेको अनुभव हुनुपर्ने शर्त राखेको छ। उक्त शर्त कुनै एक निर्माण कम्पनीसँगको मिलोमतोमा राखेर गाउँपालीकाले बदमासी गरेको अन्य निर्माण कम्पनीहरु आरोप छ। एकजना निर्माण व्यवसायीले गाउँपालिकाले सेटिङमा विद्युतीय बोलपत्रको सूचना सार्वजनिक गरेको बताएका छन । अनावश्यक शर्त राखेर आफ्नालाई ठेक्का पार्ने खेल भइरहेको उनले बताएका छन ।
मेडिकल ग्याँस सहितको अस्पतालको आरसीसी भवन निर्माण गरेको निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न सक्ने शर्त गाउँपालिकाको छ। गाउँपालिकाले एन्टी व्यक्टरेरियन पेन्ट लगाएको निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न सक्ने अर्को शर्त समावेश गरेको छ। उक्त शर्तले धेरै निर्माण कम्पनी बोलपत्र पेश गर्नबाट बञ्चित भएको उनिहरुले बताएका छन । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घबहादुर खड्काले दीर्घकालीन सोचका साथ बलियो र सुविधा सहितको अस्पताल भवन निर्माणको तयारीमा रहेको बताए। उनले भवन संगै अस्पतालको भित्री आवरण पनि राम्रो चाहिएको बताए । उनले त्यही भएर शर्तहरु राखेको बताए ।
त्यसैगरी रामारोशन गाउँपालिकाले पनि पुस ३० गते १५ शैयाको अस्पताल भवन निर्माणका लागि विद्युतीय बोलपत्र सार्वजनिक गरेको छ। रामारोशन गाउँपालिकाले माघ २० गते प्रि–बिडिङको बैठक बोलाएको छ। उक्त गाउँपालिकाले पनि मिलोमतोमा बोलपत्रमा अनावश्यक शर्त राखेको गुनासो निर्माण कम्पनीको छ। रामारोशन गाउँपालिकाले ग्याँस पाइपलाइन सहितको अस्पताल भवन निर्माण गरेको हुनुपर्ने शर्त मिलोमतोमा राखेको दाबी गरिएको हो। १३ करोड ७५ लाख लागतका भवन निर्माण गरेको अनुभव भएका निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न पाउँने भएका हुन्।
रामारोशन गाउँपालिकाका इन्जिनियर शंकरराज खनालले अन्य गाउँपालिकाको शर्तहरु साभार गरिएको बताए। तर निर्माण कम्पनीसँग कुनै मिलोमतो नभएको उनको दाबी छ। उनले अस्पताल भवनका लागि आवश्यक शर्तहरु राखेका बताउदै कुनै पनि ठेकेदासँग मिलोमतो नभएको बताए ।’ जिल्लाका दुई गाउँपालिकाले १५÷१५ शैयाका अस्पताल भवन निर्माणका लागि बोलपत्र आह्वान गरेका हुन्। तर बोलपत्रको सूचनामा अनावश्यक शर्त राखेर अधिकांश निर्माण व्यवसायीलाई प्रतिस्पर्धाबाटै बञ्चित गराइएको उनिहरुले आरोप लगाएका छन ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत