"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

अस्पताल निर्माणको बोलपत्रमा रामारोशन र मेल्लेख गाउँपालीको बदमासी

Khabar Raftar

अस्पताल निर्माणको बोलपत्रमा रामारोशन र मेल्लेख गाउँपालीको बदमासी
माघ १४ अछाम,
अछामको मेल्लेख गाउँपालिकाले अस्पताल निर्माणको बोलपत्रमा बदमासी गरेको छ । गत पुस २२ गते १५ शैय्याको अस्पताल भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको गाउँपालिकाले विद्युतीय बोलपत्र सार्वजनिक गर्दा नै अनावश्यक शर्त राखेर बदमासी गरेको निर्माण कम्पनीहरुको दाबी रहेको छ । मेल्लेख गाउँपालिकाले पहाडी क्षेत्रमा १२ करोड ६५ लाख बढीका दुई अस्पताल निर्माण गरेको अनुभव हुनुपर्ने शर्त राखेको छ। उक्त शर्त कुनै एक निर्माण कम्पनीसँगको मिलोमतोमा राखेर गाउँपालीकाले बदमासी गरेको अन्य निर्माण कम्पनीहरु आरोप छ। एकजना निर्माण व्यवसायीले गाउँपालिकाले सेटिङमा विद्युतीय बोलपत्रको सूचना सार्वजनिक गरेको बताएका छन । अनावश्यक शर्त राखेर आफ्नालाई ठेक्का पार्ने खेल भइरहेको उनले बताएका छन ।
मेडिकल ग्याँस सहितको अस्पतालको आरसीसी भवन निर्माण गरेको निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न सक्ने शर्त गाउँपालिकाको छ। गाउँपालिकाले एन्टी व्यक्टरेरियन पेन्ट लगाएको निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न सक्ने अर्को शर्त समावेश गरेको छ। उक्त शर्तले धेरै निर्माण कम्पनी बोलपत्र पेश गर्नबाट बञ्चित भएको उनिहरुले बताएका छन । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घबहादुर खड्काले दीर्घकालीन सोचका साथ बलियो र सुविधा सहितको अस्पताल भवन निर्माणको तयारीमा रहेको बताए। उनले भवन संगै अस्पतालको भित्री आवरण पनि राम्रो चाहिएको बताए । उनले त्यही भएर शर्तहरु राखेको बताए ।
त्यसैगरी रामारोशन गाउँपालिकाले पनि पुस ३० गते १५ शैयाको अस्पताल भवन निर्माणका लागि विद्युतीय बोलपत्र सार्वजनिक गरेको छ। रामारोशन गाउँपालिकाले माघ २० गते प्रि–बिडिङको बैठक बोलाएको छ। उक्त गाउँपालिकाले पनि मिलोमतोमा बोलपत्रमा अनावश्यक शर्त राखेको गुनासो निर्माण कम्पनीको छ। रामारोशन गाउँपालिकाले ग्याँस पाइपलाइन सहितको अस्पताल भवन निर्माण गरेको हुनुपर्ने शर्त मिलोमतोमा राखेको दाबी गरिएको हो। १३ करोड ७५ लाख लागतका भवन निर्माण गरेको अनुभव भएका निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न पाउँने भएका हुन्।
रामारोशन गाउँपालिकाका इन्जिनियर शंकरराज खनालले अन्य गाउँपालिकाको शर्तहरु साभार गरिएको बताए। तर निर्माण कम्पनीसँग कुनै मिलोमतो नभएको उनको दाबी छ। उनले अस्पताल भवनका लागि आवश्यक शर्तहरु राखेका बताउदै कुनै पनि ठेकेदासँग मिलोमतो नभएको बताए ।’ जिल्लाका दुई गाउँपालिकाले १५÷१५ शैयाका अस्पताल भवन निर्माणका लागि बोलपत्र आह्वान गरेका हुन्। तर बोलपत्रको सूचनामा अनावश्यक शर्त राखेर अधिकांश निर्माण व्यवसायीलाई प्रतिस्पर्धाबाटै बञ्चित गराइएको उनिहरुले आरोप लगाएका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ